बिहीबार, साउन ७, २०८३

अब अनलाइनबाटै साझाको टिकट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्ने भएको हो। 

अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातकातर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रालिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका हुन्। 

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडौं उपत्यकाबाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाइएको हो । 

हाल साझा यातायातका बसहरू काठमाडौंदेखि रूपन्देहीको भैरहवा र काठमाडौंदेखि बाग्लुङका लागि छुट्दै आएकोमा भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रि सेवा बुधबारदेखि शुरू भएको छ। 

साझा यातायातकाअनुसार लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवा बारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइन टिकटिङको प्रबन्ध मिलाइएको हो । 

दियालो टेक्नोलोजिजकाअनुसार साझा यातायातसँगको सहकार्यले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने हाम्रो अभियानमा ठूलो टेवा पुगेको छ । 

अनलाइन टिकट साझा यातायात डटकम डट एनपी, बस सेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै काट्न सकिनेछ । इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्युनिकेशनबाट टिकट बुकिङ गर्न सकिने बताइएको छ । 

यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाईल बैंकिङ, इन्टरनेट बैकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवेमार्फत रकम भुक्तानीमार्फत पनि टिकट काट्न सकिने जानाइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्