आइतबार, मंसिर २८, २०८२

मेस्सी चम्किँदा पिएसजीको जित

अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीको एक गोलसँगै असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

एजेन्सी- अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीको एक गोलसँगै असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ।

National life

पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित निकालेको हो। जितका लागि एक गोल डिफेन्डर सर्जियो रामोसले आफ्नो नाममा दर्ज गराए। मेस्सीले पहिलो हाफमा तथा रामोसले दोस्रो हाफमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो। मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए।

त्यसपछि ७६औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। उनी मेस्सीकै पासमा गोल गर्न सफल भएका हुन्।

पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ। ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो।

Laxmi sunrise bank
kumari

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ। पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ। पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित: Apr 09, 2023| 06:36 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।