बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न क्यानडा तयार

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न क्यानडा तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपालको भ्रमणमा रहेको क्यानडाको उच्चस्तरीय औद्योगिक प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसंग भेट गरेका छन् । भेटको अवसरमा क्यानडाका प्रतिनिधि मण्डलले नेपालको जलविद्युत क्षेत्रमा क्यानडाली लगानीकर्ताहरु लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

क्यानडाको संसद सदस्य ब्राड ट्रोष्टको नेतृत्वमा क्यानडाका प्रतिनिधि मण्डल नेपालको भ्रमणका लागि आएका हुन् । बिहीबार भएको सो भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा क्यानडाका उद्योगीहरुको लागि समेत नेपालल लगानीको राम्रो गन्तब्य हुने धारणा राखेका थिए । 

नेपालमा लगानीको राम्रो वातावरण तयार हुदै गरेको अवस्थामा नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रकोतर्फबाट क्यानडाका समकक्षिहरुसंग सहकार्य गर्न तयार रहेको कुरा अध्यक्ष शर्माले व्यक्त गरेका थिए । 

सरकारले अहिले ठूला जलविद्युत आयोजनाहरुमा समेत विशेष जोड दिएको उल्लेख गर्दै विद्युत प्रसारण लाईनको सुधार र नयाँ लाईनको निर्माण तत्काल आवश्यक रहेको क्यानडाली उद्योगी समक्ष उनले राखेका थिए ।

सोही अवसरमा क्यानाडाका प्रतिनिधि मण्डलका नेता एवं सांसद ब्राड ट्रोष्टले नेपालको विकास एवं समृद्धिका लागि नेपाली उद्योगीसँग सम्बन्ध विस्तार एवं लगानी गर्न आफुहरु इच्छुक रहेको बताए । 

नेपाल विद्युत प्राधिकरणको विद्यमान संरचनाभित्र अलग–अलग निकायको व्यवस्था मिलाउन सके क्यानडाले नेपालको विद्युत प्रसारण लाईनको विकास र सुधारमा नेपालको निजी क्षेत्रसँगको सहकार्यमा लगानी गर्न इच्छुक रहेको विचार व्यक्त गरेको संघको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्