शुक्रबार, जेठ १, २०८३

एमाले देशकै मुख्य शक्ति :  केपी ओली

अनेमसंघले संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको अध्यक्ष ओलीको दाबी।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– नेकपा एमाले अहिले पनि देशको पहिलो र मुख्य शक्ति रहेको अध्यक्ष केपी ओलीले बताएका छन्। शनिबार एमाले निकट अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

National life

एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्ति लागे पनि जोगाएर पार्टीलाई सशक्त बनाउन अखिल नेपाल महिला संघले भूमिका खेलेको उनको भनाइ छ।

ओलीले भने, ‘दुनियाँले घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर एमालेविरुद्ध तरबार चलाउनेमाथि जाई लागेर महिला दिदीबहिनी ढाल बनेका छन्। त्यसकारण अनमेसंघ धन्य छ।’ 

अध्यक्ष ओलीले अनेमसंघले संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको बताए।

उनले पार्टीभित्र गुटबन्दी नगर्न र निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न नेता, कार्यकर्तालाई चेतावनी दिए।

प्रकाशित: Apr 08, 2023| 16:50 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...