शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसलाई धारे हात लगाएर नेता मुकुन्द न्यौपानेले गरे पार्टी परित्याग

नेकपा एसलाई धारे हात लगाएर नेता मुकुन्द न्यौपानेले गरे पार्टी परित्याग

नेकपा एस अवसरवादी पार्टीमा परिणत भएकाले सम्मानित नेता झलनाथसमेत एमाले फर्किने मनस्थितिमा रहेको नेता न्यौपानेको दाबी।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

National life

काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी त्यागेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै नेकपा एसले परिचय दिए पनि पहिचान दिन नसकेको बताएर नेता न्यौपानेले पार्टी छाडेका हुन्।

नेकपा एस अवसरवादमा लिप्त भएको उनको आरोप छ। उनले सांसदका लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने प्रवृत्तिका मानिस मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको उनले दाबी गरे।

नेकपा एस त्यागेपछि देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने उनले जानकारी दिए। नेकपा एसका नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमै फर्किने मनस्थितिमा रहेको उनले खुलासा गरे।

प्रकाशित: Apr 08, 2023| 16:20 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...