बिहीबार, साउन ७, २०८३

लगानी कोषको अध्यक्षमा भट्टराईको पदबहाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नागरिक लगानी कोषको अध्यक्षमा डा.रामचन्द्र भट्टराई पदबहाली भएका छन् । उनले शुक्रबार पदबहाली गरेका हुन् ।

कोष सञ्चालक डा.रामशरण खरेलले भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका छन् । २१ असोजको मन्त्रिपरिषदको बैठकले कोषको अध्यक्षमा डा. भट्टराईलाई नियुक्त गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार पदबहाली भएका हुन् ।

‘इन्भारोमेन्ट इकोनोमिक्स’ मा विद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालयअन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् । 

खोटाङ लामिडाडाँमा जन्मिएका उनी राष्ट्रिय बाणिज्य बैकको सञ्चालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेको अनुभव छ । साथै उनीसँग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रको समेत अनुभव छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्