शुक्रबार, जेठ १, २०८३

सहिदको सूचीमा थपिए पदम लिम्बू

शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिदको सूचीमा लिपिबद्ध गर्ने घोषणा गरेको हो।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गरेको छ।

National life

शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिदको सूचीमा लिपिबद्ध गर्ने घोषणा गरेको हो।

मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको माओवादी कोटाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका सुदन किराँतीले बताए।

मन्त्रिपरिषद् बैठकले मृतक लिम्बूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरे पनि रकमबारे खुलाएको छैन।

लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए। 

प्रकाशित: Apr 07, 2023| 10:50 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...