शुक्रबार, जेठ १, २०८३

वैशाख १ मा राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र गृहको आग्रह

राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ।

National life

त्यसका लागि आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने पत्र लिन गृहले आग्रह गरेको हो।

यही वैशाख १ गते राष्ट्रपति निवासमा विभूषण वितरणका लागि समारोह हुँदैछ।

गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई शितल निवास महाराजगञ्जमा वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम छ।

प्रकाशित: Apr 07, 2023| 07:45 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...