सोमबार, भदौ ८, २०८३

नेपालको फिफा वरीयतामा एक अंक सुधार

यसअघि डिसेम्बरमा जारी फिफा वरीयतामा १७५औं स्थानमा रहेको नेपालले एक अंक सुधार्दै १७४औं स्थान बनाएको हो।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- फिफा वरीयतामा नेपालले यसअघिको स्थानमा एक अंक सुधारेको छ। बिहीबार फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक अंकको स्थान सुधार गर्दै १७४औं स्थानमा रहेको हो। नेपाल यसअघि डिसेम्बरमा जारी वरीयतामा १७५औं स्थानमा थियो।

दक्षिण एसियाका देशमध्ये भारत १०१औं, माल्दिभ्स १५४औं, भुटान १८५ र बंगलादेश १९२, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।   
फिफाको नयाँ वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ६ वर्षपछि  अर्जेन्टिना फिफा वरीयतामा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो।
यसअघि दोस्रो स्थानमा रहेको अर्जेन्टिना विश्वकप जितेपछि खेलेका दुई मैत्रीपूर्ण खेल जितेपछि एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको हो। ब्राजिल पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको छ।

विश्वकप उपविजेता फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ। बेल्जियम चौथो स्थानमा कायम छ भने इंग्ल्यान्ड पाँचौं, नेदरल्यान्ड छैटौं, क्रोसिया सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दसौं स्थानमा रहेका छन्।

प्रकाशित: Apr 06, 2023| 16:46 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।