शुक्रबार, जेठ १, २०८३

चितवन-२ मा दुईजनाले फिर्ता लिए उम्मेदवारी

अब चितवन-२ मा २२ जना उम्मेदवार हुने भएका छन्।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- यही वैशाख १० गते हुन लागेको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।

National life

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो। 

बिहीबार उम्मेदवारी फिर्ताको लागि समय दिइएकोमा दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। अब चितवन-२ मा २२ जना उम्मेदवार हुने भएका छन्। उम्मेदवारी मनोनयनका दिन २४ जनाको उम्मेदवारी परेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। लामिछानेले पनि पुन: उम्मेदवारी दिएका छन्।
 

प्रकाशित: Apr 06, 2023| 14:59 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...