सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलमा राजस्थानलाई पराजित गर्दै पञ्जावको लगातार दोस्रो जित

आईपीएलमा राजस्थानलाई पराजित गर्दै पञ्जावको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ। 
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ। 

गएराति गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हराएको हो। पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो। उसका कप्तान सन्जु स्यामसनले ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए । पन्जाबका नाथन एलिसले ४ तथा अर्शदिप सिँहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे।

त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए। सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो। राजस्थानका जेसन होल्डरले २ विकेट लिए। रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक/एक विकेट लिए।

पन्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुई खेलमा समान ४ अंक नै रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ।

 

प्रकाशित: Apr 06, 2023| 07:16 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।