शुक्रबार, जेठ १, २०८३

उपनिर्वाचनका लागि तोकियो उम्मेदवारको खर्च 

चितवन २ र बारा २ मा प्रत्यासी रहेका उम्मेदवारले २९ लाख अनि तनहुँ १ बाट उठेका उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

National life

काठमाडौं– निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा तोकेको छ।

बुधबार बसेको आयोग पदाधिकारी बैठकले उपनिर्वाचनमा प्रत्यासी रहेका उम्मेदवारले गत ३१ असोजको नेपाल राजपत्रमा तोकिएबमोजिम हुने गरी चितवन २ तथा बारा २ का लागि २९ लाख र तनहुँ १ का लागि ३१ लाख खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Apr 05, 2023| 15:48 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...