शुक्रबार, जेठ १, २०८३

कार्यव्यवस्था परामर्श समितिमा टुंगाइयो दलीय प्रतिनिधि संख्या

२१ सदस्यीय रहने कार्यव्यवस्था परामर्श समितिमा ठूलो दलका रुपमा कांग्रेसलाई ६ र एमालेलाई ५ जना सदस्य भाग लगाइयो। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा हुने दलीय प्रतिनिधित्वको संख्या टुंगो लगाउन राजनीतिक दलबीच सहमति जुटेको छ।

National life

बुधबार सभामुख देवराज घिमिरेसँग भएको छलफलपछि राजनीतिक दलहरूले संख्या टुंगो लगाएका हुन्।सहमतिअनुसार सबैभन्दा ८८ सांसद रहेको कांग्रेसले ६ जना र ७९ सांसदको एमालेले ५ जना सदस्य पाउनेछ।

३२ सांसद भएको माओवादी केन्द्रले २, सभामुख देवराज घिमिरेले १, उपसभामुख इन्दिरा रानाले १, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले १, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र एकसिटे पार्टी वा स्वतन्त्रले समेत एक सिट नै पाउनेछन्। 

कार्यव्यवस्था परामर्श समितिमा २१ जना रहनेछन्। हाल कायम २७२ सांसदमध्ये प्रतिशतका आधारमा सदस्य बाँडफाँट गर्ने सहमति भएको हो।

प्रकाशित: Apr 05, 2023| 15:28 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...