शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आज–भोलिमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

आज–भोलिमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

कांग्रेस र जसपाभित्र मन्त्रीका लागि घरझगडा हुँदा नाम पठाउन ढिलाइ भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
१७ चैतमा मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले हाल ६ मन्त्रालय आफैंले सम्हालेका छन्।

National life

बुधबार काठमाडौंमा आयोजित सहकारीकर्मीको भेलामा सहभागी प्रधानमन्त्री प्रचण्डले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। 

कांग्रेस र जसपाभित्र मन्त्रीका लागि घरझगडा हुँदा नाम पठाउन ढिलाइ भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

‘सरकारले करिब–करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ। अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनतिर केन्द्रित हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। त्यसका लागि आजै सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने तयारी भइरहेको उनले जानकारी दिए।
 

प्रकाशित: Apr 05, 2023| 12:07 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...