शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सदन चलिरहँदा मोबाइल नचलाउन सांसदहरूलाई राष्ट्रिय सभाध्यक्षको आग्रह

सदन चलिरहँदा मोबाइल नचलाउन सांसदहरूलाई राष्ट्रिय सभाध्यक्षको आग्रह

राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले सदन चलिरहेका बेला मोबाइल स्वीच अफ गर्न सांसदलाई सचेत गराएका हुन्।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा बहस भइरहेका बेला मोबाइल नचलाउन  सांसदसँग आग्रह गरेका छन्।

National life

मंगलबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले सदन चलिरहेका बेला मोबाइल स्वीच अफ गर्न सांसदलाई सचेत गराएका हुन्।

संसद् बैठकमा नेकपा एसकी सांसद मदनकुमारी साहले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले स्वीच अफ गर्न सुझाएका थिए। उनले भने, ‘माननीयज्यू मोबाइल स्वीच अफ गर्नुस्।’

सदन चलिरहेका बेला सांसदलाई सचेत गराउन सक्ने अधिकार सभाध्यक्षमा निहित हुन्छ।
 

प्रकाशित: Apr 04, 2023| 15:51 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...