शुक्रबार, जेठ १, २०८३

पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको उद्घोष

रास्वपा सभापति लामिछानेले ६ महिनामा २० सिट जितेको आँकडाअनुसार पाँच वर्षमा दुई तिहाइ मत ल्याएर एकल सरकार गठन गरिने दाबी गरेका हुन्।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षपछि हुने निर्वाचनमा आफ्नो पार्टीको एकल सरकार बन्ने दाबी गरेका छन्।

National life

आगामी १० वैशाखको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा उम्मेदवार रहेका लामिछानेले ६ महिनामा २० सिट जितेको आँकडाअनुसार पाँच वर्षमा दुई तिहाइ मत ल्याएर एकल सरकार गठन गरिने दाबी गरेका हुन्।

चितवन २ मा मत माग्न घरदैलो गरिरहेका उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा रास्वपाले बाजी मार्ने बताए।

सर्वोच्च अदालतले नागरिकता विवादमा सांसद र मन्त्री पद खाइदिनुअघि सरकारमा बस्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सेवामा नलागेर जनताको काम गरेको उनको भनाइ छ।

३२ दिन सरकारमा बस्दा कामले गति लिँदै गरेका बेला आफूमाथि मुद्दाका चाङ थुपारेर असफल बनाउने प्रयास गरिएको रविले गुनासो गरे।

प्रकाशित: Apr 04, 2023| 13:24 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...