बुधबार, जेठ २७, २०८३

गैंडाकोटमा दुई करोड लगानीको दाना उद्योग

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ। 

National life

गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए। 

संस्थाका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालनका लागि संस्थागत लगानी रु ३९ लाख चार सय ६२, बैंक ऋण ५८ लाख ४८ हजार छ सय २४ तथा आयोजना अनुदान रु ९७ लाख ३६ हजार एक सय ७८ रहेको जानकारी दिए। दाना उद्योगमा पेलेट दाना र मास दाना गरी दुई किसिमको दाना उत्पादन हुँदै आएको उनको भनाइ छ। 

मास दाना (धुलो दाना) बनाउनका लागि १३/१४ प्रकारका कच्चापदार्थसँगै प्रोटिनको प्रयोग गरिने अध्यक्ष श्रेष्ठले बताए। मास दानालाई मेसिनले धुलो बनाउने हुँदा पशुलाई खान र पचाउन सजिलो हुने उनले बताए। उद्योगबाट उत्पादित पेलेट दाना (गोटीवाला दाना) स्टिम गरेर बनाइने भन्दै उन मास दाना बनिसकेपछि सोही दानालाई स्टिम गरेर गोटीको आकार दिइने श्रेष्ठले बताए। पेलेट दाना पहिला नै स्टिम गरिएको हुनाले पशुलाई यो दाना पचाउन झनै सजिलो हुने उनको भनाइ छ। 

उद्योगमा उत्पादन हुने दानामा मकै, धानको ढुटो, चोक्कर, डिओसी, मुलासेस, भटमास, तोरीको पिनासहितका कच्चा पदार्थ तथा प्रोटिनका लागि लाइभस्टोन भन्ने चुनढुङ्गा प्रयोग गरिने उनको भनाइ छ। सकेसम्म नेपालमै उत्पादन भएका कच्चा पदार्थलाई दाना बनाउन प्रयोग गरिने उनले बताए। गैँडाकोटमा दाना उद्योग सञ्चालनमा आएपछि पशुपालन गर्ने कृषकलाई सहज भएको अध्यक्ष श्रेष्ठले बताए। 

Shivam cement

जनतालाई फाइदा हुने गरी गुणस्तरीय उत्पादनमा ध्यान पुर्‍याइएको उनको भनाइ छ। मुकुन्दपुर क्षेत्रको दूध व्यवस्थित गर्दै कृषकलाई आर्थिकरूपमा सबल बनाउने कार्यमा सहकारी लागिरहेको छ। दाना उद्योग सञ्चालनमा आएपछि गैँडाकोटको मुकुन्दपुर, अमरापुरी र रजहर क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।

दाना उद्योगमा उत्पादन भएको दानाले मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका सदस्यसँगै अन्य पशुपालक कृषकले सहजै किन्न पाएपछि खुसी व्यक्त गरेका छन्। गैँडाकोट–११ का उमाकान्त पौडेलले अमृत गाई फर्म सञ्चालन गर्दै आएका छन्। मुकुन्दसेन दाना उद्योग सञ्चालन भएपछि दाना चोक्करका लागि सधैँ टाढा धाइराख्नुपर्ने समस्या हटेको उनले बताए। 

संस्थाको मातहातमा एक सय ५० वटा व्यावसायिक पशुपालन फार्म दर्ता भएका छन्। ६ सय ५० जना कृषक दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने सहकारीमा दैनिक १५ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ। विसं २०५३ मा स्थापित संस्थामा हाल आठ सय ९० जना सेयर सदस्य छन्। 
रासस

प्रकाशित: Apr 03, 2023| 21:16 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्