शुक्रबार, जेठ १, २०८३

एमालेबाट बारा २ मा पुरुषोत्तम पौडेल बने उम्मेदवार

उपनिर्वाचनका लागि नेकपा एमालेले बारा २ बाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- उपनिर्वाचनका लागि नेकपा एमालेले बारा २ बाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। एमालेले आज नै उक्त क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।

गत मंसिर ४ को निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो। जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो।

यहाँ जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनलाई सत्ता गठबन्धनको साथ छ। रास्वपाबाट रमेश खरेल उम्मेदवार छन्। जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार छन्।

प्रकाशित: Apr 03, 2023| 09:16 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...