शुक्रबार, जेठ १, २०८३

लुम्बिनी प्रदेशसभाको सातौँ बैठक आज, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक सोमबार बस्दै छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

दाङ- लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक सोमबार बस्दै छ। आज दिउँसो एक बजे बस्ने बैठकका दुई वटा मात्रै सम्भावित कार्यसूची सार्वजनिक भएको छ। यद्यपि, प्रदेशसभाले ‘विजनेश’ नपाउँदा अहिलेसम्म बैठक बस्न सकेको थिएन।

सभामुख तुलाराम घर्तीको निर्देशनमा आजको बैठक आह्वान गरिएको हो। गत फागुन १७ मा छैठौँ बैठक बसेको थियो। त्यसपछि चैत ७ गते बैठक बस्नेगरी सूचना जारी गरिएपनि अन्तिममा आएर बैठक स्थगित गरिएको थियो।

आज बस्ने बैठकमा प्रदेश सभासदस्यहरूले वशेष समयमा बोल्ने र मुख्यमन्त्री लीला गिरीले,’लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

प्रकाशित: Apr 03, 2023| 08:10 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...