शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  •  कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा

 कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा

नेपाली कांग्रेसले तनहुँ, चितवन र  बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ, चितवन र  बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।

National life

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०७९ वैशाखमा सम्पन्न निर्वाचनबाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने सबैको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डले जानकारी दिए। 

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिने साथै तिनका प्रस्तावक र समर्थक बस्नेलाई भने वैशाख १० गतेको उपनिर्वाचनमा खेल्ने भूमिकाको आधारमा निर्णय लिइने उनले बताए।

यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

बारा-२ मा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ। यसअघि गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। उपेन्द्र यादवलाई भने जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका हुन्।

प्रकाशित: Apr 02, 2023| 13:38 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...