शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • शक्तिशाली टोर्नाडोमा परी अमेरिकामा दुई दिनमै २२ जनाको मृत्यु

शक्तिशाली टोर्नाडोमा परी अमेरिकामा दुई दिनमै २२ जनाको मृत्यु

अमेरिकाका विभिन्न स्थानमा शक्तिशाली टोर्नाडोमा परी दुई दिनमै २२ जनाले ज्यान गुमाएका छन्।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- अमेरिकाका विभिन्न स्थानमा शक्तिशाली टोर्नाडोमा परी दुई दिनमै २२ जनाले ज्यान गुमाएका छन्। शुक्रबार र शनिबार टोर्नाडोमा परी २२ जनाले ज्यान गुमाएका हुन्।

National life

सीएनएनका अनुसार टेनिसीमा सात, अर्कान्ससमा पाँच, इलिनोइमा चार तथा इन्डियाना, अलाबामा र मिस्सिसिपीमा गरेर दुई दिनमा २२ जनाको मृत्यु भएको छ।

अमेरिकाका सात राज्यहरुमा शनिबार ५० वटा टोर्नाडोले आतंक मच्चाएको बताइएको छ। अर्कान्ससमा मात्र टोर्नाडोले घरहरू उडाउँदा ५० जना घाइते भएका छन्।

शक्तिशाली आँधीका कारण लाखौं मानिस विजुली विहीन भएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले टोर्नाडोबाट प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहतका लागि निर्देशन दिइसकेका छन्। रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 02, 2023| 12:25 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।