बिहीबार, जेठ १८, २०८०

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– काठमाडौंमा जारी बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण सम्पन्न भएको छ। 

Everest Bank

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो। नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गर्दै सुरु गरिएको महोत्सवमा ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटक मञ्चन गरिएका थिए। 

शुक्रबार आयोजित समापन समारोहमा बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुष्कर गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत उपस्थित थिए।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले सुरु भएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको निर्देशक गुरुङले बताए। 

‘आगामी दिनमा बुद्ध महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनामा छौं। तीन वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले बुद्धलाई नजिकबाट अहिलेका पुस्तामा चिनाउने काम गरेको ठानेका छौं’, निर्देशक गुरुङले भने।

National life insurance
Metro Mart

प्रकाशित: Apr 01, 2023| 05:20. 00 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...