शुक्रबार, जेठ १, २०८३

प्रधानमन्त्री दाहालले भने- पहिल्यैदेखि राम्रो खेलाडी हुँ 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पहिल्यैदेखि राम्रो खेलाडी रहेको बताएका छन्।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पहिल्यैदेखि राम्रो खेलाडी रहेको बताएका छन्।

National life

खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्कूल पढ्दा राम्रो फुटबल खेलाडी भएको बताए।

‘मेरो सबैभन्दा मनपर्ने खेल फुटबल हो। म स्कुल पढ्दा म्याच खेल्ने गर्थें। हाइस्कुल स्तरको प्रतिस्पर्धामा सेन्टरमा बसेर राम्रै खेल्थेँ। अहिले त त्यो खेल छोडेर पोलिटिकल खेलमा लागिएको छ,’ उनले भने।

खेल क्षेत्रको गुणस्तर सुधार गर्ने आफ्नो समय रहेको बताउँदै प्रधानमन्त्री दाहालले आफूलाई खेल क्षेत्रमा केही गरौँ भन्ने भावना रहेको उल्लेख गरे।

प्रकाशित: Apr 01, 2023| 12:01 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...