शुक्रबार, जेठ १, २०८३

सरकारबाट बाहिरियो जनमत पार्टी 

बिहीबारको दस दलीय गठबन्धनको बैठकमा जनमतलाई उद्योग मन्त्रालयको जिम्मा दिइने भने पनि आजको मन्त्रिपरिषद् विस्तारमा खानेपानी दिइएपछि मन्त्री खानले बुझाए राजीनामा।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– दस दलीय गठबन्धनमा आबद्ध सीके राउत नेतृत्वको जनमत पार्टीबाट बनेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। खान खानेपानी मन्त्री हुन्।

National life

गठबन्धन बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गरिँदा जनमतलाई उद्योग मन्त्रालय दिइने भनिए पनि खानेपानीमै फिर्ता गरिएकाले राजीनामा दिनुपरेको पार्टी कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए।

उनले भने, ‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग्दै आएको थियो। प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नू, पछि मिलाउँछु भन्नुभएको थियो। 

बिहीबारको गठबन्धन बैठकमा पनि जनमतलाई उद्योग मन्त्रालय दिइने भनिएको हो। तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएका हुन्।’

आज भएको मन्त्रिपरिषद् विस्तारमा उद्योग मन्त्रालय कांग्रेसको कोटामा पुगेको छ।  


 

प्रकाशित: Mar 31, 2023| 15:16 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...