शुक्रबार, जेठ १, २०८३

माओवादी बिचौलिया दलमा परिणत : एमाले नेता रिजाल

नेकपा माओवादी र यसका नेताहरु सत्तामा पुग्नैका लागि एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकताबाट चलिरहेकाले बिचौलिया दल बनेको रिजालको दाबी।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले कम्युनिस्टका नाममा उग्रवामपन्थी दलबाट बिचौलिया दलमा रुपान्तरण भएको आरोप एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले लगाएका छन्। 

National life

एमालेको मिसन ग्र्रासरुट अभियानका क्रममा जुम्लामा रहेका नेता रिजालले शुक्रबार सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीले कम्युनिस्ट सिद्धान्तलाई बिचौलियामा फेरबदल गरेको बताएका हुन्। 

उनले भने, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ। नेताको महत्त्वाकांक्षा बढिरहेको छ। यसले माओवादीलाई उग्रवामपन्थी दलबाट बिचौलियामा रुपान्तरण गरेको छ। एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो।’

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। माओवादीका नेताहरुले मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागबन्डा र कमिसनको खेलमा बिताउन थालेको उनले बताए।

सत्तारुढ दलहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा समानता रहेको रिजालको आरोप छ।

प्रकाशित: Mar 31, 2023| 12:42 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...