शुक्रबार, जेठ १, २०८३

रमेश खरेल र स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि रमेश खरेल र स्वर्णिम वाग्लेको नाम पनि सिफारिस गरेको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि रमेश खरेल र स्वर्णिम वाग्लेको नाम पनि सिफारिस गरेको छ। वैशाख १० मा तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गर्दै रास्वपाले खरेल र वाग्लेको नाम पनि सार्वजनिक गरेको हो।

National life

रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ। उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन्।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ। यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन्।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ। 

rasopa-for-prymary-election1680225205.jpg

प्रकाशित: Mar 31, 2023| 08:22 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...