शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले पाएनन् दलहरुबाट मन्त्रीको सूची, शीतलनिवासमा पनि शपथको तयारी छैन

प्रधानमन्त्रीले पाएनन् दलहरुबाट मन्त्रीको सूची, शीतलनिवासमा पनि शपथको तयारी छैन

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

National life

काठमाडौं- आज बिहीबार पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। सत्ता साझेदार दलहरुले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउन नसक्दा सरकार विस्तार हुन नसकेको हो।

हिजो मन्त्रालयको भागवण्डा टुंगिएका कारण आज नयाँ मन्त्रीको नियुक्ति र शपथ हुने अनुमान थियो तर बेलुका ६ बजिसक्दा पनि प्रधानमन्त्रीले मन्त्रीहरुको सूची प्राप्त गरेका छैनन्। खासगरी नेपाली कांग्रेसमा मन्त्री छान्न सकस छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने जिम्मेवारी सभापति शेरबहादुरले देउवालाई दिएको थियो। तर देउवाले मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छैनन्।

उता राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि मन्त्रीको शपथका लागि कुनै तयारी तयारी भएको छैन। सामान्यतया ६ घण्टा अगाडि नै शपथको तयारीबारे जानकारी गराउनुपर्ने भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शीतलनिवासमा अहिलेसम्म कुनै जानकारी गराएको छैन। बेलुका साढे ५ बजेसम्म केही जानकारी नआएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए।

प्रकाशित: Mar 30, 2023| 18:16 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...