शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'जनयुद्ध दिवस' खारेज गर्न माग गरिएको रिट सर्वोच्चमा दर्ता गर्न बाटो खुल्यो

'जनयुद्ध दिवस' खारेज गर्न माग गरिएको रिट सर्वोच्चमा दर्ता गर्न बाटो खुल्यो

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ।

National life

यसअघि अदालत प्रशासनले दरपीठ (दर्ता गर्न नमिल्ने) गरिदिएको रिट सर्वोच्चकै न्यायाधीश प्रकाशमानसिंह राउतको आदेशका आधारमा दर्ता हुने भएको हो।

रिट दरपीठ गर्ने प्रशासनको निर्णयलाई न्यायाधीश राउतको एकल इजलासले बदर गरिदिएको छ। यो आदेशसँगै अब सो रिट दर्ता हुने बाटो खुलेको छ।

जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्ध द्वन्द्वपीडितहरू कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरण, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेल, रिता कार्कीलगायतले निवेदन दिएका थिए। 
 

प्रकाशित: Mar 30, 2023| 17:06 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...