बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वुद्ध एयर २२ औं वर्षमा, अबको फोकस अन्तर्राष्ट्रिय उडान

वुद्ध एयर २२ औं वर्षमा, अबको फोकस अन्तर्राष्ट्रिय उडान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-वुद्ध एयर बिहीबारदेखि २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गर्ने भएको छ । राजधानीमा बुधबार वुद्ध एयरका म्यानेजिङ डाइरेक्टर बिरेन्द्रबहादुर बस्नेत, एटीआर इस्टर्न सर्पोटका हेड अफ सर्भिस एन्ड सेल्स बिली ओ तथा डाइरेक्टर कबिन्द्र घिमिरे, वुद्ध एयरका आर एण्ड डीका एक्जेक्युटीभ अफीसर आस्था बस्नेतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको छ ।
 
कार्यक्रममा वुद्ध एयरका म्यानेजिङ डाइरेक्टर बस्नेतले वुद्ध एयर बिहीबारदेखि २२ औं वर्षमा प्रवेश गर्ने बताए । यसबीच कम्पनीले विभिन्न आरोह अवरोह पार गरेको उनको भनाइ छ । ‘कम्पनीले जहिले पनि यात्रुको सहजता, सुरक्षा लगायतलाई जोड दिदै आएको छ,’ उनले भने ‘वुद्ध एयमा ९५३ संख्या सहकर्मीहरु आवद्ध छन् ।’वुद्ध एयर सफल हुनमा कम्पनीमा अवद्ध मानजनशक्ती, फन्ड म्यानेजमेन्ट चुस्त दुरुस्त र पार्दशी राखिनु रहेको उनको भनाइ छ । 

हेड अफ सर्भिस एन्ड सेल्सका बिली ओले नेपालको वायु सेवामा वुद्ध एयरको महत्वपूर्ण स्थान रेहेको भन्दै त्यसप्रति प्रशंसा गरे । कम्पनीले सुरक्षा, मर्मत सम्भार, सामाजिक उत्तरदायित्व समेतमा ध्यान दिएको उनको बुझाइ छ ।

वुद्ध एयरले सञ्चालन ल्याएको एटीआर  विमानको मर्मत सम्भार नेपाली इन्जीनियरहरुले नै गर्ने गरेका छन् । उक्त मर्मत सम्भार गरिने ह्याङ्गर (विमान मर्मत सम्भार गर्ने स्थान) एशियाकै थोरै मध्येको व्यवस्थित एक रहेको कम्पनीको भनाइ छ ।  

फोकस अन्तर्राष्ट्रिय उडानमा

म्यानेजिङ डाइरेक्टर बस्नेतले कार्यक्रममा अन्तरिकसँगै वुद्ध एयरले अन्तर्राष्ट्रिय उडानलाई जोड दिएको बताए । ‘अब हाम्रो फोकस अन्तर्राष्ट्रिय उडान हो,’ उनले भने ‘उक्त उडान पोखरास्थित अन्तराष्ट्रिय विमानस्थलबाट गर्ने तयारी भइरहेको छ ।’

उनकाअनुसार कम्पनीले सन् २०२१ देखि उक्त उडान भर्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय उडानलाई ‘पीपीपी’ मोडलमा अघि बढाउने समेत उनले जानकारी दिए ।

वुद्ध एयरले मुलुकको पर्यटन क्षेत्रलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय विमानहरु सञ्चालनमा ल्याउने स्पष्ट भएको हो । त्यसका लागि पोखराबाट भारत र चिनतर्फ कम्पनीले व्यवसायीक उडान भर्ने  तयारी गरेको म्यानेजिङ डाइरेक्टर बस्नेतको भनाइ छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्