शुक्रबार, जेठ १, २०८३

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।

National life

न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। चैत चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन्। 

यस्तै बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन्।  मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछन्।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारी मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ। अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन्।

प्रकाशित: Mar 30, 2023| 16:16 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...