शुक्रबार, जेठ १, २०८३

आज मन्त्रिपरिषद् विस्तार हुने

सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। 
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। 

National life

गठबन्धन दलहरूको बुधबार साँझ बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको बताइएको छ। 

बुधबारको बैठकमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने पक्का भएको छ। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने सहमति जुटेको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने भएका छन्। अब तीन वटा राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २५ सदस्यीय बनाउने नेताहरूबीच सहमति जुटेको छ।

प्रकाशित: Mar 30, 2023| 06:42 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...