बुधबार, भदौ १०, २०८३

लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइने  

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने भएको छ।

बुधबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी सहकार्यमा पिस म्याराथन सहित बिभिन्न कार्यक्रम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीपत्रमा बुद्ध जन्मभूमिमा खेलकुद आयोजना गरी लुम्बिनीको प्रचार प्रचारमा सहयोग गर्ने उल्लेख छ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस’ मनाउने निर्णय गरेको थियो। पूर्व पर्यटनमन्त्री समेत रहेका श्रेष्ठले लुम्बिनीमा हुने लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवर्द्धनमा समेत सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताउँदै उनले समकालिन विश्वमा खेलकुद जित र हारको विषयमात्र नभएको बताए। कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित यससँग आबद्ध विभिन्न देशका प्रतिनिधिहरु सहभागि हुनेछन्।
 

प्रकाशित: Mar 29, 2023| 17:51 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लुम्बिनीमा पद रिक्त नहुँदै मुख्यमन्त्रीको दाबी पेस

माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए।

लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस

८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।