बुधबार, भदौ १०, २०८३

लुम्बिनीमा पद रिक्त नहुँदै मुख्यमन्त्रीको दाबी पेस

माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पद रिक्त नै नभई नेपाली कांग्रेसले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ। नेकपा एमालेका मुख्यमन्त्री लिला गिरीलाई राजीनामाको दबाब दिन कांग्रेसले आज आइतबार प्रदेश प्रमुखसमक्ष मुख्मन्त्रीमा दाबी पेस गरेको हो। 

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा, लोसपासहित आठ पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्। गिरीलाई दिएको समर्थन लिँदै सरकारबाट पनि बाहिरिएको भन्दै कांग्रेसले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीसमक्ष दाबी पेस गरेको हो।

माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए। संघीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो। कांग्रेस संसदीय दलका नेता चौधरीले ५४ सांसदको समर्थन आफूसँग रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्त हुन निवेदन पेस गरेका हुन्।

चौधरीलाई कांग्रेस, माओवादीका दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी, लोसपाका दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ता, जसपाका दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गरेका छन्।

मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन पार्टीहरुले फिर्ता लिए पनि संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेश संसद्‍मा बहुमत सिद्ध गर्ने समयसीमा रहन्छ। बहुमत सिद्ध गर्न नसके उनी स्वत: पदमुक्त हुनेछन्। अथवा गिरीले राजीनामा गरेमात्रै अर्को मुख्यमन्त्री चयन गर्न मिल्छ। तर लुम्बिनीमा यस्तो कुनै अवस्था आएको छैन।

प्रकाशित: Mar 26, 2023| 16:30 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लुम्बिनीमा पद रिक्त नहुँदै मुख्यमन्त्रीको दाबी पेस

माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए।

लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस

८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।