बुधबार, भदौ १०, २०८३

लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस

८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

माओवादी केन्द्रलगायत ६ दलले सरकारको समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनलाई कांग्रेससहित ८ दल र १ स्वतन्त्र सांसदको समर्थन छ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन्। ८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।

यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन्। दाबी ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानअनुसार अघि बढ्ने बताएका छन्। 

प्रकाशित: Mar 26, 2023| 15:15 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लुम्बिनीमा पद रिक्त नहुँदै मुख्यमन्त्रीको दाबी पेस

माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए।

लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस

८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।