लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
माओवादी केन्द्रलगायत ६ दलले सरकारको समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनलाई कांग्रेससहित ८ दल र १ स्वतन्त्र सांसदको समर्थन छ।
उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन्। ८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।
यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन्। दाबी ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानअनुसार अघि बढ्ने बताएका छन्।