शुक्रबार, जेठ १, २०८३

निष्कर्षमा पुगेन गठबन्धन बैठक, ३ बजे फेरि बस्ने

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

National life

मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति नजुटेको हो।

आजै दिउँसो तीन बजे बस्नेगरी बैठक सकिएको छ। हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या भागबन्डाको प्रस्ताव गरेका थिए। कांग्रेसलाई ८ र आफ्नो दल नेकपा (माओवादी केन्द्र) लाई ५ मन्त्रालयलको प्रस्ताव उनले गरेका छन्।

उनले संसदको चौथो ठूलो दल रास्वपालाई ३ मन्त्रालयको प्रस्ताव गरेका थिए। नेकपा (एकीकृत समाजवादी)लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टीलाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ। जनमत पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउने प्रचण्डको प्रस्ताव छ।

प्रकाशित: Mar 29, 2023| 13:06 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...