बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • समाज
  • भोजमा विभेद गरेका गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता

भोजमा विभेद गरेका गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता

उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछूत गरेको निष्कर्ष निकाल्दै कानुनी कारबाही हुनुपर्ने बताएको थियो।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

जातीय छुवाछूतको आरोप लागेका सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता भएको छ।

Everest Bank

जातीय छुवाछूतसम्बन्धी कसुर गरेको भन्दै संयुक्त दलित मोर्चा सिरहाको अगुवाइमा गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता भएको हो। दलित अगुवा शिव कुमार मोचीसहित ११ जनाले संयुक्त रुपमा अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता गराएका छन्।

उजुरीमा अध्यक्ष यादवलाई विपक्षी बनाउँदै हदैसम्मको कारबाही गर्न माग गरिएको छ। साथै दलित समुदायमाथि मानसिक तनाव तथा समाजिक इज्जत प्रतिष्ठामा असर परेकाले क्षतिपूर्ति समेत भराउन माग उजुरीमा गरिएको छ।

उजुरीमा भनिएको छ, ‘जातीय भेदभाव तथा छुवाछूतजन्य कार्यलाई निर्मूल पार्ने जिम्मेवारी तथा दायित्व भएको र स्थानीय सरकारको नेतृत्व गरिरहेका विपक्षीलाई थप कारबाही गरि पाऊँ।’

आमाको १३ औं पुण्य तिथिमा गत फागुन २२ गते गाउँपालिका अध्यक्ष यादवले गरेको भोजमा जातीय आधारमा प्लेकार्ड राखेर अलग-अलग ठाउँमा खुवाएका थिए। उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछूत गरेको निष्कर्ष निकाल्दै कानुनी कारबाही हुनुपर्ने बताएको थियो। आयोगले अध्यक्ष यादवलाई कारबाही गर्नसमेत निर्देशन दिएको थियो।

Metro Mart
worldlink

भोजमा पूर्व कानुनमन्त्री तथा नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुधन सिंह, सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी भएका थिए। उनीहरुमाथि पनि कारबाही हुनुपर्ने आवाज उठिरहेको छ।

प्रकाशित: Mar 28, 2023| 05:31. 00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्