बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • उपाध्यक्ष केदार न्यौपानेले छाडे एकीकृत समाजवादी, एमालेमा फर्किने तयारी

उपाध्यक्ष केदार न्यौपानेले छाडे एकीकृत समाजवादी, एमालेमा फर्किने तयारी

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणीले पार्टी परित्याग गरेका छन्।

Everest Bank

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै न्यौपानेले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन्।

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। एक महिनाअघि देखि नै एमाले नेताहरुसँग उनको संवाद चलिरहेको थियो।

उनी एमाले-माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए। एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए।

स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगत्तैदेखि उनी एमाले र नेकपा एस मिल्नुपर्ने पक्षमा थिए। पछिल्लो सत्ता गठबन्धनले यी दुई पार्टीलाई झन् टाढा बनाएपछि न्यौपानेले पार्टी छाडेका हुन्।

Metro Mart
worldlink

नेकपा एसमा तेस्रो वरियताका नेता मुकुन्द न्यौपाने उनका दाइ हुन्। उनले पनि एमालेसँग मिल्नुपर्ने भन्दै पार्टी बैठकमा लिखित प्रस्ताव नै पेस गरेका थिए।

प्रकाशित: Mar 28, 2023| 05:23. 00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्