शुक्रबार, मंसिर १९, २०८२

सिंह हो एमाले, एक्लै हिँड्छ: ओली 

पार्टीको मिसन ग्रासरुट अभियानका लागि अध्यक्ष ओली अहिले पश्चिममा छन्। हिजो अर्घाखाँचीमा बिताएका ओली आज गुल्मी हुँदै पाल्पा पुगेका हुन्। 
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई सिंहसँग तुलना गरेका छन्।

National life

मंगलबार पाल्पामा आयोजित मिसन ग्रासरुट अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले चौतर्फी हमलाका बीच पनि एक्लै लडिरहेको दाबी गरे। 

उनले भने, ‘सिंह एक्लै हिँड्छ, स्यालहरु बथानमा हिँड्छन्। स्याल एक्लै हिँड्यो भने असुरक्षित हुन्छ। सिंह एक्लै लपकलपक हिँडिराखेको छ, स्याललाई आफूले शिकार गर्छु भन्ने पत्यार हुँदैन। बरु शिकार भेटिन्छ कि भनेर हेरिराखेको हुन्छ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धनमा आवद्ध दलहरुलाई आठ-दश मुखे भएको टिप्पणी गरे। गठबन्धन हुँदासमेत धेरै ठाउँमा एमाले विजयी भएको भन्दै उनले खुसी व्यक्त गरे।

पार्टीको मिसन ग्रासरुट अभियानका लागि अध्यक्ष ओली अहिले पश्चिममा छन्। हिजो अर्घाखाँचीमा बिताएका ओली आज गुल्मी हुँदै पाल्पा पुगेका हुन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 28, 2023| 17:19 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...