शुक्रबार, जेठ १, २०८३

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ। सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

National life

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक निर्वाचन परिचालनका लागि बारा–२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन–२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ–१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको छ।

यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिएको छ। राप्रपाले हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी वैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ।

राप्रपाले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको पनि गरेको छ।

प्रकाशित: Mar 27, 2023| 20:30 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...