शुक्रबार, जेठ १, २०८३

एमालेमा आएपछि गंगाजस्तै शालीन हुनुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन्।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन्। पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानका क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घास पुगेका ओलीले यस्तो बताएका हुन्।

National life

एमालेमा प्रवेश गरेपछि गंगा नदीजस्तै शालीन हुनुपर्ने उनले बताए। भने, ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ। तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ। एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ? मिल्दैन। नेकपा एमाले गंगा जस्तै हो।’

अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताए। पूर्व परराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताए। ज्ञवाली गुल्मीबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन्। 

‘एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो। बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन। तर फेरि पनि कहीँ कहीँ सुनिन्छ। त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्। तिनीहरुलाई हामीले हटाउनु पर्नेछ,’ उनले भने। ज्ञवालीलाई पराजित गर्ने चन्द्र भण्डारी भलादमी नेता भए पनि कांग्रेसको नीति भने खराब रहेको भन्दै ओलीले कटाक्ष गरे।

प्रकाशित: Mar 27, 2023| 17:32 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...