मंगलबार, फागुन १९, २०८२

वर्ष दिनपछि चीन फर्किए ज्याक मा

ज्याक चिनियाँ कम्पनी अलिबाबाका संस्थापक हुन्। 
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- लामो समयदेखि सार्वजनिक रुपमा देखा नपरेका ज्याक मा होङझाउको एक स्कुलमा देखिएका छन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार उनी एक वर्षभन्दा लामो समयदेखि विदेशमा थिए र उनी हालैमात्र चीन फर्किएका हुन्।

उनी आफैंले २०१७ मा स्थापना गरेको स्कुलमा देखा परेका हुन्। उनले स्कुलका शिक्षकका साथै विद्यार्थीहरुसँग भेट गरेका छन्।

५८ वर्षका ज्याक माले सन् २०२० मा चीनको आर्थिक नीतिको आलोचना गरेका थिए। त्यसयता उनी सार्वजनिक रुपमा कम देखिएका थिए। पछिल्लो समय ज्याकले विभिन्न देश घुमेर कृषिको प्रविधिबारे जानकारी फैलाएका छन्।

ज्याक चिनियाँ कम्पनी अलिबाबाका संस्थापक हुन्। 

kumari

प्रकाशित: Mar 27, 2023| 16:41 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।