शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कालो पोसाक पहिरिएर लोकसभाभित्रै विपक्षी दलको प्रदर्शन

भारतमा कालो पोसाक पहिरिएर लोकसभाभित्रै विपक्षी दलको प्रदर्शन

कंग्रेस आई नेतृत्वमा १७ राजनीतिक दल सम्मिलित प्रतिपक्षी सांसदद्वारा  प्रधानमन्त्री मोदी र बिजेपीकै कारण भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको दाबी। 
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले लोकतन्त्रमाथि धावा बोलेको विरोधमा प्रतिपक्षी भारतीय कंग्रेस आईसहितका सांसदहरूले लोकसभाभित्रै कालो पोसाक लगाएर विरोध प्रदर्शन गरेका छन्।

National life

सोमबार नेता राहुल गान्धीको सांसद पद खारेजी प्रकरणलाई लिएर कंग्रेससहितका १७ प्रतिपक्षी दलका सांसदले कालो पोसाकसहित लोकसभाभित्रै सरकारको विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विरोध प्रदर्शनकै कारण दुवै सदनका बैठक अवरुद्ध भएका छन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपीकै कारण भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको आरोप लगाए।

सोमबार बिहान ११ बजे राज्यसभा तथा लोकसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेका थिए। क्ंग्रेस अध्यक्ष मल्लिकार्जुनले प्रधानमन्त्री मोदीले भारतमा लोकतन्त्र सिध्याउन लागेको विरोधको संकेतस्वरुप प्रतिपक्षीले कालो वस्त्र धारण गरेको बताए। 

भारतीय राष्ट्रिय कंग्रेसले सुरु गरेको ‘ब्ल्याक प्रोटेस्ट’मा ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसले पनि सहभागिता जनाएको छ। भारतीय कंग्रेसले यतिबेला भारतभर ‘ब्ल्याक ‘प्रोटेस्ट’ घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।–एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 27, 2023| 15:48 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।