बुधबार, भदौ १०, २०८३

सद्भाव कायम गर्न कैलालीमा साहित्य महोत्सव हुँदै

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

कैलाली- कैलालीको टीकापुरमा पहिलोपटक टीकापुर साहित्य महोत्सव हुने भएको छ। साहित्यमार्फत  सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले टीकापुर साहित्य समाजको आयोजनामा यही चैत २५ गतेदेखि २७ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो। टीकापुर साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका संयोजक साहित्यकार मोहनविक्रम शाहले महोत्सवको तयारी भइरहेको जानकारी दिए। 

उहाँले टीकापुरलाई शान्त र सामाजिक सद्भावमा कुनै वैमनस्यता छैन भन्ने सन्देश देशभर पुर्‍याउन महोत्सवको आयोजना गरिन लागेको बताए।
“सकारात्मकभन्दा बाहिर अहिले पनि टीकापुरका नकारात्मक कुरा बढी हुने गरेका छन्। त्यसलाई चिर्न र यसक्षेत्रका सम्भावनामा साझा बहस चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो”, संयोजक शाह भने, “राष्ट्रियस्तरबाट सयौँ साहित्यकार, राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व लगायतको सहभागिता हुने भएकाले साहित्यसँगै सुदूरपश्चिमको कला, संस्कृति र सम्भावनाको खोजी हुनेछ।”     

सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य डा जगतबहादुर सिंह रावलले महोत्सव गौरवको विषय भएको बताए। उनले महोत्सव साहित्यलाई जीवन्त राख्न र साहित्यकार उत्पादनलाई लाभदायक बन्ने विश्वास व्यक्त गरे। 

“सामाजिक सद्भावका लागि एक माध्यम साहित्यिक कार्यक्रम बन्न सक्छ। हाम्रो सम्बन्धमा कुनै मनमुटाव छैन भन्ने सन्देश पनि कार्यक्रमले दिनेछ”, डा रावलले भने, “टीकापुरप्रतिको नकारात्मक कुरा विस्थापित गर्दै सकारात्मक कुराको देशभर प्रवाह गर्ने विश्वास गरेका छौँ।” 
   
साहित्य महोत्सवको अवसर पारेर बर्सेनि लागि हुनेगरी विभिन्न विधामा पुरस्कारको घोषणासमेत गरिने छ। रु एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, टीकापुर साहित्य सर्वश्रेष्ठ पुरस्कार रु ७५ हजार, टीकापुर साहित्य समाज सुदूरपश्चिम प्रतिभा पुरस्कार रु ५० हजार र टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार रु २५ हजारको वितरण गरिने जनाइएको छ। 

प्रकाशित: Mar 27, 2023| 15:28 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।