शुक्रबार, जेठ १, २०८३

जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

National life

काठमाडौं- जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्न आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्।

उनीहरु रिट लिएर सर्वोच्चमा पुगे पनि दर्ता भने भइसकेको छैन।  आवश्यक अध्ययनपछि दर्ता हुने वा दरपीठ हुने सर्वोच्च प्रशासनले जनाएको छ। 

सरकारले गत फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिएको थियो। साथै मन्त्रिपरिषद् बैठकले आगामी वर्ष पनि फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
 

प्रकाशित: Mar 26, 2023| 17:58 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...