बुधबार, असोज २८, २०८३

मिसावट गरे जेल, २२ पानी उद्योग तालाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई जेल हाल्ने घोषणा गरेका छन् ।  

काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलवाड गर्ने कसैलाई नछोड्ने बताए । मिसावटलाई ध्यानमा राखेर सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको मन्त्रालयको भनाइ छ ।

उपत्यकामा करिब ५० लाखभन्दा बढी जनसंख्या छ । त्यसैगरी अखाद्य बस्तुको मिसावट पनि सबैभन्दा बढी रहेको उपभोक्तावादी तथा सरोकारवलाहरुको बताउछन् । बढी मात्रामा तेल, पानी, मासु लगायतमा मिसावट भएको देखिन्छ ।

‘पानी, तेल र मासु ढुक्कले खानुहोस् म पनि भन्न सक्दिन,’ मन्त्री खनालले भने ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास गर्न सकेको रहेनछ । तर केही समयपछि नै नियमन संयन्त्र बनाइनेछ । अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिनेछ ।’

२२ पानी उद्योग तालाबन्दी

अनुगमन गर्नेक्रममा खान नमिल्ने पानी बिक्री गर्ने २२ ओटा पानी उद्योग तालाबन्दी गरिएको मन्त्रालयले जनाएको छ । 

कृषि तथा कृषि क्षेत्रको प्रशंग ल्याउदै मन्त्री खानलले दुई तिहाई अर्थात करिब ६५ प्रतिशत जनसङ्ख्या सम्लग्न कृषि क्षेत्रमा विनियोजन गरिने बजेट न्युन रहेको बताए ।‘सरकार र नेताहरुको प्राथमिकता लगायतको कारणले यस क्षेत्रको अवस्था दयनिय हुदै गइरहेको छ,’ उदाहरण दिदै उनले भने ‘स्वदेशमै उत्पादन गर्न सकिने धनिया वार्षिक १३ करोड रुपैयाँको आयात गरिन्छ । त्यस्तै करिब  एक खर्ब ३० अर्व रुपैयाँको धान, चामल आयात हुन्छ ।’

कृषि प्राथमिकतामा नपरेको भन्दै यस्तो अवस्थालाई उल्टाउनु पर्ने उनले जोड दिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्