बुधबार, असोज २८, २०८३

टेलिकमकाे दशैं अफर : ६ रुपैयाँमा ३६ एमबी, ६० मिनेट कल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल टेलिकमले नेपालीहरुको नजिकिएकाे महान चाड विजया दशमीको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । अफर बुधबारदेखि शुरु हुने जनाइएको छ ।

अनलिमिटेड प्याक

यस अफरअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६०० रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइनेछ ।

सो प्याक अन्तर्गत एक जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र भने ३०० सयमा उपलब्ध गराउने टेलिकमको भनाइ छ ।  

प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ । 

भ्वाइस प्याक 

यस अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिनेछ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिन्छ ।

डाटा प्याक

यस अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ । उपरोक्त अफरहरु यही  असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन् । 

अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ स्टार ९ ह्याज डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट प्याकेज खरिद गर्न सकिन्छ । 

रिचार्जमा बोनस

असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । १०० र २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० सय र १००० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । 
१०० र २०० रुपैयाँको बोनस ३ दिन भित्र र ५०० र १००० को बोनस ५ दिनभित्र उपभोग गरिसक्नु टेलिकमको भनाइ छ ।

एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस पाँच दिनभित्र उपभोग गरिसक्नु पर्नेछ  बताइएको छ ।

एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ

आगामी असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल÷एफटीटीएच÷वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने समेत टेलिकमले जानकारी दिएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्