शनिबार, पुस ५, २०८२

राहुल गान्धीको गुम्यो सांसद पद

मोदी सरकारले पछिल्लो समय सरकारी संयन्त्र दुरुपयोग गरी विपक्षीमाथि धरपकड र निगरानी गरिरहेका बेला कंग्रेस आई नेता तथा सांसद राहुलको सांसद पद नै खारेज गरिएको हो।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– भारतीय कंग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चार वर्षअघि बोलेको विषयलाई  मानहानिको घटना बनाएर हालिएको मुद्दामा बिहीबार मात्रै सुरज अदालतले उनलाई दुई वर्षको जेल सुनाएको थियो।

शुक्रबार लोकसभा सचिवालयले सूचना जारी गर्दै सांसद पद खुस्काइएको जानकारी दिएको हो। अदालतले गान्धीलाई १५ हजार जरिमाना पनि तोकेको छ। तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्न एक महिने समय दिइएको छ।

भारतीय जनता पार्टीको मोदी सरकारले पछिल्लो समय सरकारी संयन्त्र दुरुपयोग गरी विपक्षीमाथि धरपकड र निगरानी गरिरहेका बेला कंग्रेस आई नेता तथा सांसद राहुलको सांसद पद नै खारेज गरिएको हो।–एजेन्सी 

प्रकाशित: Mar 24, 2023| 15:33 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।