सोमबार, वैशाख २९, २०८२

जनगणना २०७८ : ६ हजार १८० महिलाले जन्माए ९ सन्तान

६१ लाख ४५ हजार ३९ जना १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये ६ हजार १८० जनाले ९ बढी सन्तान जन्माएको देखिएको हो।
 |  शुक्रबार, चैत १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– १२औं राष्ट्रिय जनगणना प्रतिवेदन २०७८ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ६ हजार १८० विवाहित महिलाले ९ भन्दा बढी बच्चा जन्माएका छन्।

शुक्रबार सार्वजनिक गरिएको अन्तिम परिणामअनुसार ६१ लाख ४५ हजार ३९ जना १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये ६ हजार १८० जनाले ९ बढी सन्तान जन्माएको देखिएको हो।

सबैभन्दा बढी दुई बच्चा जन्माउनेको प्रतिशत ३३ प्रतिशत, २३ प्रतिशतले एक र १७ प्रतिशतले तीन जना बच्चा जन्माएको विवरणमा उल्लेख छ। १२ प्रतिशत विवाहित महिला सन्तान जन्माउन नसकेको तथ्यांकमा भनिएको छ।

प्रकाशित: Mar 24, 2023| 15:18 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्