बुधबार, असोज २८, २०८३

सरकार यसकारण चुक्यो मूल्य वृद्धि नियन्त्रण गर्न 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–सरकार मूल्य वृद्धि नियन्त्रण गर्न चुकेको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सिहंदरबारमा मंगलबार बसेको बैठकले सरकार मूल्य वृद्धि नियन्त्रण गर्न चुकेको ठहर गरेको छ । 

समितिकाअनुसार दशैँ, तिहार, छठ लगायतका चाडपर्वको समयमा हरेक वर्ष मूल्य वृद्धिको समस्याले आम नागरिकहरु आक्रान्त हुदै आइरहेको छ ।

यस्ता चाडपर्व शुरु हुनुभन्दा कम्तिमा दुई महिना पहिलेदेखि नै आधारभूत सामग्रीको अस्वभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने प्रणालिको आवश्यक रहेकोमा त्यस्तो व्यवस्था हुन सकेन ।

त्यसको लागि आवश्यक कानूनी व्यवस्था गर्न र चाडपर्वको समयलाई मध्यनजर गरी तत्काल सुपथ मूल्य पसलको अबधि र क्षेत्रगत दायरा विस्तार गरी समयमा गुणस्तरीय, सुलभ र सुपथ मूल्यमा वस्तु वा सेवाको आपूर्तिको व्यवस्था सुनिश्चित हुने गरी कार्य गर्न गराउन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी दिएको  छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्