बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आँखुखोला हाइड्रोले १३ लाख ७६ हजार कित्ता ‘आइपीओ’ खोल्यो

आँखुखोला हाइड्रोले १३ लाख ७६ हजार कित्ता ‘आइपीओ’ खोल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–आँखुखोला जलविद्युत कम्पनीको  सर्वसाधारणको लागि साधारण शेयर मंगलबारबाट खुलेको छ । प्रति साधारण शेयर (आइपीओ) सय रुपैयाँको दरले १३ लाख ७६ हजार २० कित्ता साधारण शेयर निस्काशन गरिएको हो ।

कम्पनीकाअनुसार सर्वसाधारणलाई छुट्याएको जारी पूँजीको १५ प्रतिशत अर्थात १२ लाख कित्तामा स्थानिय बासीलाई जारी गरेको कित्तामा बिक्री नभई बाँकी रहेको एक लाख ७६ हजार २० कित्ता समेत गरी १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरिएको हो ।

उक्त अंकित दरका १२ लाख  कित्ता तथा स्थानिय बासिन्दालाई जारी गरेको ८ हजार कित्ता शेयर असोज ४ गते बाँडफाँट सम्पन्न गरिएको थियो । सो निष्काशित कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई छुट्याएको ५ प्रतिशत अर्थात ६८ हजार ८०१ कित्ता शेयर बाँडफाँट समेत सम्पन्न गरिसकेको कम्पनीको भनाइ छ ।

त्यसमा २ प्रतिशत अर्थात २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । आइपीओ छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ । 

आबेदकले न्युनतम् ५० कित्ता र अधिकतम् ६ हजार कित्ता शेयरको लागि आबेदन गर्न सक्नेछन् । सर्वसाधारणलाई जारी गरेको शेयरको बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले धादिङ जिल्लाका स्थानिय बासिन्दालाई ८ लाख कित्ता शेयर साउन १७ गतेदेखि भाद्र १५ गतेसम्म बिक्री खुल्ला गरेको थियो । पछिल्लो समय ८.४ मेगावाटको आँखुखोला–१ जलविद्युत आयोजना निर्माण भइ सञ्चालनमा आएको छ । 

कम्पनीले ८ भदौ ०७० बाट ब्यवसायिक उत्पादन शुरु गरेको हो । कम्पनीको प्राथमिक शेयर निस्काशनलाई (आईसीआरए नेपाल)ले आइसीआरए एनपी आईपीओ ग्रेड ५ प्रदान गेरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्